मंसिर ५, काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताए ।
बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सारे ।
यसअघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिनु भएको थियो । त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनलाई निवर्तमान कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिएको थिए ।
प्रतिक्रिया दिनुहोस