सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट


मङ्सिर ५, काठमाडौँ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् ।

मन्त्रीका रुपमा पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् । मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएपछि घर फर्किने क्रममा विष्ट ट्याक्सी चढेका हुन् ।

आफ्नो कार्यकालमा भएका उपलव्धिहरु बारे चर्चा गर्न र धन्यवाद ज्ञापन गर्न विष्ट मन्त्रालय पुगेका थिए ।

कार्यक्रममा बोल्दै विष्टले पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् । मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका छन ।

गर्दै उनले आफु मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा काम गरिरहने बताए । उनले आफूलाई मन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन् ।

५ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको