ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरे: गोकर्ण विष्ट


मंसिर ५, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूले पदमा हुँदा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गरेको बताएका छन् ।

उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका हुन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ ।’

उनले आफू थप ऊर्जा र प्रेरणाको साथमा मन्त्रीबाट बाहिरिएको बताए । यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्ने अवसर प्रदान गरेकोमा समेत धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ‍ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रधानमन्त्रीले ९ जना मन्त्रीलाई मन्त्रिपरिषद्मा भित्र्याएका छन् भने ९ जनालाई हटाइदिएका छन्।

प्रधानमन्त्रीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामेश्वर राय यादवलाई सुम्पिएका छन् ।

उनले सामाजिक संजालमा राखेको स्टाटस जस्ताको तस्तै

जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !

५ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको