दुबईमा रहेको संसारकै अग्लो टावरमा फहराइयो नेपाली झन्डा


असोज ४, युएई । संविधान दिवसको अवसरमा युएईको दुबईस्थित संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ । संविधान दिवस २०७६ को अबसरपारि एक मिनेट नेपाली झण्डा फहराएको हो ।

पहिलो पटक संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली राष्ट्रिय झन्डा फहराइएको हो। युएईको स्थानीय समय अनुसार गत शुक्रवार साझ ९:१० बजे बुर्ज खलिफामा नेपाली झन्डा फहराइएको हो।

संसारकै अग्लो टावरको उचाई ८२३ मिटर अग्लो रहेको छ । उक्त टावरमा नेपाली राष्ट्रिय झन्डा फहराउनुले भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने बताइएको छ। युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।

४ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको