पानीभित्र प्रेमिकालाई विवाहको प्रस्ताव अनि मृत्यु [भिडियो]


असोज ४, काठमाडौँ । पानीभित्र प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने एक युवकको डुबेर मृत्यु भएको छ । अमेरिकाको लुजियानामा रहने एक जोडी छुट्टी मनाउन तन्जानिया गएका थिए जहाँ यो दुर्घटना भयो ।

प्रेमिका केनेशा एन्टोइनले फेसबुकमा यो घटनाबारे लेखेकी छन् र भिडियो शेयर गरेकी छन् । उनले लेखेकी छन् ‘प्रेमी स्टीवन वीबरले पानीभित्रबाट मलाई विवाहको प्रस्ताव गरेका थिए । उनको सुन्दर स्वभावको बयान गर्न मसँग शब्द छैनन् ।’

‘मेरो प्रेम तिमि गहिरो पानीभित्रबाट बाहिर आउन सकेनौँ, तिमिले विवाहको प्रस्तावमा मेरो जवाफ पनि सुन्न सकेनौँ । तिम्रो प्रस्ताव स्वीकार छ, लाखौँ पटक भन्छु स्वीकार छ, म तिमिसँग विवाह गर्नेछु’, केनेशाले लेखेकी छन् ।

केनेशाले शेयर गरेको भिडियोमा उनका प्रेमी स्टीवन पानी भित्र एक पेपर देखाउँछन् जसमा कलमले लेखिएको हुन्छ । उक्त पेपरमा स्टीवन वीबरले केनेशालाई देखाउन विवाहको प्रस्ताव लेखेका थिए ।

उनले पानीभित्रै एक रिंग पनि लगेका थिए । पानीभित्रैबाट उनले रिंग देखाउने प्रयास गरेका थिए । केनेशाले लेखेकी छन्, ‘तिमि परफेक्ट प्रेमी थियौँ । म तिमिलाई अर्को जुनीमा समेत खोज्नेछु, भेट्टाउनेछु, अनि विवाह गर्नेछु । अनि अर्को जनम अझै अर्को जन्ममा पनि म तिमिलाई खोज्नेछ ।

२०७६ आश्विन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको