धादिङमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, १० जना गम्भीर घाइते [नामसहित]


असार ६, काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार गल्छी–६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु हुनेहरुमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङ रहेकी छन् ।

त्यस्तै गल्छी गापा– ४ बस्ने बर्ष २१ की सबिता अधिकारीको उपचारको लागी काठमाण्डौतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । उनको शव अहिले शिब दर्शन अस्तपाल धार्केमा नै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनालाई बैरेनी स्वाथ्यचौकीमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइते हुनेमा गल्छी गाउँपालिका ४ बस्ने ६२ बर्षीय विष्णु अधिकारी, ३५ बर्षीय सुनिता मिजार, २३ बर्षीय सुजिता अधिकारी, १५ बर्षीय सन्तोष रम्तेल र ७० बर्षीय कृष्ण सार्की रहेका छन् ।

यस्तै गल्छी गाउँपालिका ४ कै २८ बर्षीय रेनु भण्डारी, ३५ बर्षीय राम कृष्ण प्याकुरेल र नाम थर वतन नखुलेको ३ जना रहेका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको बताइएको छ ।

६ असार २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको