विप्लव नेकपाका तीन नेताविरुद्ध दुई मुद्दा दर्ता


बैशाख ८, दाङ । दाङमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका तीन नेताविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दा दर्ता गरेको छ ।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका ३ राम्रीबाट तीन नेतालाइ गिरफ्तार गरेको थियो । नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ तथा रोल्पा जिल्ला सदस्य लालबहादुर ओली ‘विश्व’ पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को राज्यबिरुद्धको कसुर (दफा ५) र संगठित अपराध निवारण ऐन २०७० बमोजित जिल्ला अदालत दाङमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट पाँच दिनको थुना म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए ।

८ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको