सर्वोच्चले रिहा गरेलगत्तै पत्रकार महर्जन सर्वोच्च परिसरबाटै पुनः गिरफ्तार


बैशाख ८, काठमाडौं । सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपा साप्ताहिकका प्रधानसम्पादक महर्जनलाई आईतवार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएकाे थियो । तर उनलाई अदालतले रिहा गरेलगत्तै सर्वोच्च अदालतको परिसरबाटै पुन गिरफ्तार गरेको हो ।

गत चैत्र २८ गते किर्तिपुरबाट गिरफ्तार महर्जनलाई बन्दी प्रत्यक्षीकरणको मुद्धामा आज बहसपछि सवोच्चले रिहा गरेको थियो । उनलाई टेकु स्थित महानगरीय प्रहरी परीसरमा राखिएको थियो । अदालत परीसरबाट पक्राउ गरी अहिले उनलाई कमलपोखरी लगिएको बुझिएको छ ।

जनपत्रकार संगठन नेपालका काठमाडौं संयोक समेत रहेका पत्रकार महर्जनलाई राज्य विरुद्धको कसुरमा मुद्धा चलाईएको थियो । तर आज बन्दीप्रत्यक्षीकरणको रिट माथिको बहसपछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । रिट निवेदककाे पक्षमा एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, कान्ति ढुंगाना लगाएतले बहस गरेका थिए ।

आज पुनः पक्राउ परेका पत्रकार महर्जनलाइ फेरी पनि संगठित अपराध तथा राजद्राेहकाे अभियाेग लगाइएकाे छ।

८ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको