यस्तो छ ३ दिनको मौसम पूर्वानुमान, कहाँ के हुन्छ ?


बैशाख ८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।

बैशाख ०८ गते (आईतबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख ०९ गते (सोमबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भू–भागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख १० गते (मंगलबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

८ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको