चैत ७, दाङ । दाङमा आफ्नी बहिनीलाइ जबरजस्ती हाेली दल्दा राेक्न खाेजेका दाइलाइ एक युवाकाे समुहले कुटपीट गरेकाे छ ।
जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका १८ निवासी जीतबहादुर चौधरी आफ्नी बहिनीलाइ बलजफती हाेली दल्न लागेका समुहलाइ राेक्न खाेज्दा कुटिएका हुन् ।
बिहिवार होली खेल्न निस्किएको एक समुहले बहिनीलाई होली दल्न खोजे पछि उनले रोक्न खोज्दा उनीमाथी आक्रमण भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।
युवाहरुको समुहबाट कुटपिट हुदा चौधरी गम्भीर घाईते भएका छन् । उनलाई प्रादेशीक अस्पताल तुलसीपुरमा सामानय उपचार पछि थप उपचारको लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा सोहि ठाउँका १८ बर्षीय केशर बस्नेतलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएकाे छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस