८ मार्चको कार्यक्रमबाट पक्राउ परेका ६ जना रिहा


चैत्र ७ काठमाडौँ । फागुण २४ गते काठमाण्डौं शान्तिबाटीकामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली र कार्यक्रम गर्ने क्रममा हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेका नेकपाका ६ जना नेता कार्यकर्ताहरु आज रिहा भएका छन् ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश भए पछि उनीहरु रिहा भएका हुन् ।

रिहा हुनेहरुमा महिला संगठनकी नेतृहरु गौरा धामी पूर्णिमा, विमला भूजेल, विमला भण्डारी, रुकमिणी पुडासैनी, नवीन विष्ट र राजन अधिकारी रिहा भएका हुन् ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको