चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त


चैत ७, काठमाडौं । सरकारले चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिए ।

निकिता पौडेलले माघ २२ गते बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।

‘पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु’, भट्टराईले भने, ‘सम्पूर्ण फिल्मकर्मीको साथले बोर्ड अध्यक्षमा नियुक्त भएँ । फिल्म क्षेत्रको हित गर्ने काम गर्न कटिवद्ध भएर लाग्नेछु ।

उनले शुक्रबार कार्यभार ग्रहण गर्नेछन् । केशवले निर्माण गरेको चलचित्र यात्रा चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको