चैत्र ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई सात दिनको म्याद थपगरी हिरासतमा राखिएको छ । चैत्र १ गते राति पक्राउ परेका नेता जीवन्तलाई आज सात दिनको म्याद थपेर लगिएको हो । उनलाई राजद्रोहको मुद्धामा म्याद थप गरिएको हो ।
यसै गरी आजै मंगलबार पक्राउ परेका नुम बहादुर विक र बिशाल तामागंलाई पनि पाचँ दिनको म्याद थपेर लगिएको खबर छ ।
फागुण २८ गते प्रतिवन्धको घोषणा सगैं सरकारले देशै भरी धरपकड र खानतलास तीव्र पारेसगैं नेकपाका दर्जनौं नेता कार्यकर्ताहरु प्रहरीले समातिसकेको छ ।
प्रतिक्रिया दिनुहोस