चैत्र ७, काठमान्डौ । विप्लब नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन कालिकोटका जिल्ला संयोजक कर्ण बिकलाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमा प्रवेश गरेर बिहीबार पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।
उनको गिरफ्तार बिषयलाइ लिएर जनपत्रकार संगठन केन्द्रिय समितिले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्दार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले खेद प्रकट गरेको छ ।
पत्रकार बिकको रिहाइको माग गर्दै निर्बाधरुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने संबिधान प्रदत्त अधिकारको सम्मान गर्न संगठनले सरकारलाई माग गरेको छ ।
हेर्नुहोस बिज्ञप्ति:
प्रतिक्रिया दिनुहोस