चैत्र ७,काठमाडौं। नोकियाले ५ वटा रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गरको छ। नोकियाले यो फोन मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक गरेको हो। नोकियाले फोटोग्राफिमा उत्कृष्ट अनुभव दिनका लागि क्वालकम र गूगलसँग मिलेर क्यामेरा तयार पारेको हो।
नोकिया ९ प्युअर भ्यू मा ५ वटै क्यामेरा १२–१२ मेगापिक्सलका र सेल्फीका लागि फोनमा २० मेगापिक्सलको क्यामेरा छ। यो मोबायलको राम्रो पक्ष भनेको यसमा रहेको पेन्टा लेन्स क्यामेरा सेटअप हो।नोकियाको यो फोनमा ५.९९ इन्चको क्वाड एचडी टुके स्क्रिन प्रयोग गरिएको छ।
३ मोनोक्रम र २ आरजीबी सेन्सर रहेको विश्वकै पहिलो ५ वटा क्यामेरा भएको स्मार्टफोनका रुपमा लिइएको छ। नोकिया ९ प्युअर भ्यू मा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर छ। यसमा ६ जीबी र्याम र इन्टरनल स्टोरेज १२८ जीबी रहेको छ।
यसमा ३३२० एमएएच ब्याट्रि र वायरलेस चार्जिङ को पनि सुविधा उपलब्ध हुने छ। निकियाले यो मोबाइलको अन्तर्राष्ट्रिय बिक्री मूल्य ६९९ डलर तोकेको छ। भने नेपालमा यसको मूल्य कर सहित ८० देखि ८५ हजार रुपैयाँ पर्नसक्छ।
प्रतिक्रिया दिनुहोस