दाङमा होली खेल्ने क्रममा छतबाट लडेर बालक गम्भीर घाइते


चैत ७, दाङ । दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतबाट लडेर एक जना बालक गम्भीर घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अमृतटोल निवासी १२ वर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा घर भई हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएका बालक होली खेल्ने क्रममा बिहिबार बिहान पौने नौ बजेतिर घरको छतबाट लडेर घाइते भएको जानकारी दिए ।

घाइते बालकको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको