सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते


दुर्गा वि.सी./चैत ७, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको वडा १ वस्नेउरामा बुधबार रा १ त १८२० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ २ जना घाईते भएका हुन् । घाइते हुनेमा सिम्ता साविक खानीखोला ७ का पतीराम कामी र कोहलपुर ११ की लक्ष्मी थापा रहेका छन् ।

नगरको वडा ७ लेखसँग्रहि देखि सल्लीवजार आउँदै गर्दा वस्नेउरा मोडमा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर सडक देखि तल साँद्धघुरो खोल्सामा खसेको छ भने ट्याक्टर चालक फरार रहेका छन् ।

तिव्रगतीमा रहेकोले साँघुरोमा मोडमा ट्याक्टर पल्टीएको घाईतेले जनाएका छन् । घाईते दुवै जनाको उपचार जनवन्धु पोलिकील्नीक सल्लीवजारमा भैरहेको छ । सल्लीवजार आसपासका क्षेत्रमा सडक दुर्घटनाका संख्यामा दिनानुदिन वृद्धि हुन थालेको छ ।

लाइसेन्स विना सवारी चलाउनेलाई कारबाही

बुधबार मात्रै इलाका प्रहरि कार्यलय सल्लीवजारले मापेस चेकजाँच र विना लाईसेन्स गाडि चलाउने २१ जनालाई कारवाहि गरेको छ ।

होलिको समय भएकोले विना लाईसेन्स सवारि चलाउनेलाई कारवाहि गरेको ईलाका प्रहरि कार्यलय सल्लीले जनाएको छ । सल्लीवजारमा क्षेत्रमा विना लाईसेन्स सवारी चलाउने युवाहरु वढि भेटिन्छन् । अधिकांस सवारी चालकहरुको लाईसेन्स विनै सवारि हुकाई रहेका हुन्छन् ।

भखरका युवाहरु तिव्र गतिमा वजारमा मोटरसाईकिल हुईकाउने भएकाले कुनै दिन ठुलै दुर्घटना निम्त्याउने स्थानीयको भनाई छ ।

सल्लीवजारमा प्रहरीलाई समेत अटेर गरेर सडकै विचमा गाडिहरु पार्किङ गरेको देखिन्छ । अत्यधिक सवारीको चाप समेत वढिरहेको यो क्षेत्रमा भने ट्राफिक व्यवस्थापन खासै नभएको भेटिन्छ ।

दिन प्रतिदिन यो क्षेत्रमा दुर्घटना वढिरहेको छ । नगरपालिकाले टाँगेको पार्किङ निषेध लेखेको होडिङ वोर्ड क्षेत्रमा गाडिहरुको पार्किङ्क गरेको पाईन्छ ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको