विप्लव र प्रकाण्डलाई खोज्न सेना र प्रहरी गाउँ पसेपछि नेकपाले दियो कडा चेतावनी


चैत ७, कालिकोट । फागुण २८ गते नेकपामाथि प्रतिवन्ध लगाएको सरकारले सो पार्टीका महासचिव विप्लव र अर्का नेता प्रकाण्डलाई खोज्न कालीकोटका गाउँ गाउँमा सेना र प्रहरी परिचालन गरे पछि सो क्षेत्रका जनता त्रसित बनेका छन् ।

जनयुद्ध कालमा पनि धेरै दुखः पाएको कालिकोटमा सेना, ससस्त्र र जनपद प्रहरीको टोली हतियार र झोला बोकेर गाउमा छिरे पछि जनता त्रसित बनेका हुन् । कालीकोटका अधिकाश स्थानहरुमा विप्लव नेकपाको प्रभाव बलियो रहेको मानिन्छ । विप्लव र प्रकाण्ड कालीकोट पुगेको आशकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएको स्रोतको दावी छ ।

रणसुर गुल्मपति सेनानी अमृत थापामगरको नेतृत्वको टोली गाउँ छिरेको छ । साथमा विगतको युनिफाईट कमाण्ड जस्तै दुवै प्रहरीको टोली पनि सामेल छ । गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए। तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन समेत गरेको छ ।

जिल्ला प्रहरी प्रमुख विनोद शर्माले माल्कोट लगायतका स्थानमा तालिम सन्चालन भईरहेको सुचना आएकोले त्यसलाई रोक्न प्रहरी परिचालन गरेको बताए । उनले कुनै पनि स्थानीय तहमा विप्लवलाई कार्यक्रम गर्न नदिने बताए ।

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती गाउँतिर गएको बताए ।

उता नेपाल कम्युनिस्ट पार्टीले सरकारका गतिविधिको सशक्त प्रतिकार गर्न तयार रहेको बताएको छ । यसैबीच नेकपाका युवा संगठनका कर्णाली ब्यूरो सयोजक शीतल विष्टले गाउँमा जनतालाई दुखः दिन सरकारले सुरक्षाफौज परिचालन गरेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

उनले भ्रष्ट जनप्रतिनिधिमाथि कार्बाही गर्ने र आवस्यक परे कोटवाडाबाटै जिल्ला सदरमुकाम मान्मा कब्जा गर्ने तागत रहेको भन्दै जनतामाथिको ज्यादती रोक्न आग्रह गरेका छन् ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको