नेकपाको संगठन सुदृढिकरण तथा विस्तार अभियान रुकुममा जारी


खकेन्द्र केसी/फागुन ९, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टले संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियान–२ लाई पश्चिम रुकुममा जनसभा र संगठन निर्माण गर्दै अगाडी बढाइएको छ ।

अभियानकै क्रममा सानोभरी गाउँपालिकाको चाईना बगरमा बुधबार र बलिवानमा बिहीबार जनसभा कार्यक्रम भएका छन् । कार्यक्रममा सयौँ जनताको सहभागीता रहेको नेकपाले जनाएको छ ।

दुई दिनको जनसभा कार्यक्रमको संचालक सानोभरीका नगर सेक्रेटरी विष्णु ओली र सभाअध्यक्षता इन्चार्ज मोतीराम खड्काले गरेका थिए । कार्यक्रमलाई सम्बोधन केन्द्रीय सदस्य मिलन र पुर्व बिग्रेट कमाण्डर शिसिरले गरेका थिए ।

उनिहरुले आफ्नो पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिमा लाम्बद्व हुन जनताहरुलाई आह्वान गरेका छन् । कार्यक्रममा सिस्ने जनसांस्कृतीक परिवारको पनि प्रस्तुती भइरहेको छ । यो अभियान अझै ब्यापक रुपमा चल्ने नेकपाले जनायो ।

संगठन विस्तारका क्रममा चौरजहारी नगरपालिका ८ मा सेर बहादुर केसीको सेक्रेटरीमा ११ सदस्यीय वडा कमिटी निर्माण गरिएको छ । यहाँ अजित मल्लको अध्यक्षतामा ७ सदस्यीय युवा कमिटी पनि गठन गरिएको छ । कालिका अधारभुत माध्यामिक विद्यालयमा जमुना सार्कीको अध्यक्षतामा १३ सदस्यीय कमिटी पनि बनाइएको नेकपा पश्चिम रुकुमले जनाएको छ ।

चौरजहारी नगरपालिका ७ खत्री गाउँमा सान्ता विकको संयोजकमा ७ सदस्यीय महिलाको इकाइ कमिटी बनाइएको छ । चौरहजारी ८ सिमलपाटामा पवन खड्का सेक्रेटरी रहेको पार्टीको सेल कमिटी पनि बनेको छ । यहाँ किरण सुनार संयोजक रहेको ३ सदस्यीय युवाको इकाइ कमिटी पनि बनाइएको छ ।

यस्तै थुप्रै कमिटीहरु जिल्लाको विभिन्न ठाउँहरुमा बनाइएको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान–रुकुम अभियानका कमाण्डर मिलनले बताए । उनले जिल्लाको सबै ठाउँमा फोन सम्पर्क सुविधा नभएकाले सबै अपडेट गर्न गह्रो भएको बताए ।

पश्चिम रुकुममा ४ वटा टीम विभाजन गरेर अभियानलाई तिव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा केन्द्रीय सदस्य मिलन, केन्द्रय सदस्य तथा रुकुम इन्चार्ज अटल, पुर्व बिग्रेट कमाण्डर शिसिर, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खड्का, जिल्ला सचिवालय सदस्य रिक्स, चौरजाहरी नगर इन्चार्ज कपिल, जनमुक्ती सेनाका पुर्व कम्पनी कमाण्डर गुराँस लगाएतको सहभागीता रहेको थियो ।

२०७५ फाल्गुन ९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको