रोल्पामा अध्यक्ष रनिङ सिल्ड खेलकुद पुरस्कार बहिष्कार, अध्यक्षले मनोमानी गरेको आरोप


गोपाल चन्द/फागुन ९, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा भएको दोस्रो अध्यक्ष रनिङ सिल्ड खेलकुद पुरस्कार ३ नम्बर वडाले बहिष्कार गरेको छ ।

खेलकुद विकास समिति अध्यक्ष हरिश वलीले मनोमानी गरेको आरोप लगाउदै गंगादेव गाउँपालिकाको वडा नम्बर ३ ले सोमबार पुरस्कार बहिष्कार गरेको हो ।

रेफ्री छनौट गर्दा मनोमानी गरेको, खेलकुद सहसचिवले जायज कुरा राख्दा बेवास्ता गरेको, सहसचिवले राजिनामा दिँदा समेत कुनै सुनुवाई नगरेको, समितिले गरेको निर्णयबिरुद्ध चर्को शुल्क असुली गरेको, गाउँपालिका उपाध्यक्षको सयोजकत्वमा छानबिन समिति गठन गर्दा पनि समितिलाई निष्क्रिय बनाएको, कपडी खेलमा अनियमितता गरेको र म्याच फिक्सिंग गरेकाले अध्यक्ष रनिङ सिल्ड पुरस्कार बहिष्कार गरेको वडा नम्बर ३ का वडाध्यक्ष जलेश कुमार केसीले पोष्टपाटीलाई जानकारी दिए ।

अध्यक्ष केसीले भने- ‘यहि बिषयलाई लिएर दुई जनाले राजीना दिईसक्नुभयो ।, समिति सदस्य हरि खड्काले ८ गते र सहसचिव भरत केसीले खेलकुद सुरु हुनेबेला नै राजिनामा दिनुभएको थियो, तर यस विषयमा कुनै सुनुवाई नगरी अध्यक्षले हामीलाई बेवास्ता गरि पेलेरै अगाडी बढेपछि हामि पुरस्कार बहिष्कार गर्न बाध्य भयौ ।’,

यस्ता छन् वडा नम्बर ३ ले खेलकुद समितिलाई लगाएका ५ आरोपहरु  ।

अध्यक्ष केसीले समिति अध्यक्ष वली आफै रेफ्रीको अध्यक्ष भएकाले खेलमा म्याच फिक्सीङ भएको समेत आरोप लगाए । उनले खेलमा स्वच्छ र प्रतिस्पर्धा हुने ठाउँमा म्याच फिक्सिंग गरि स्वच्छ र इमान्दारी खेलाडीमाथि गम्भीर चोट पुग्न गएकाले पुरस्कार बहिष्कार गरेको जानकारी दिए ।

वडा नम्बर ३ का खेलाडीलाई वडाकार्यालयले पुरस्कार वितरण गर्यो

यता गंगादेव गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जलेस कुमार केसीले आफ्ना वडाका बिजेता खेलाडीलाई वडाकार्यालयले पुरस्कार दिएको बताएका छन् ।

वडा नम्बर ३ का खेलाडीहरु सामुहिक तस्बिर खिचाउदै ।

खेलाडीको अपमान गरेको र राम्रा खेलाडीलाई निरुत्साहित गर्न खोजेको आरोप लगाएका अध्यक्ष केसीले खेलाडीको मनोभावनालाई बलियो बनाउन आफ्नो वडाले प्रोत्साहनस्वरूप पुरुस्कार दिएको जानकारी दिए ।

गलत आरोप लगाइयो, प्रमाणित भए जस्तो कारवाही भोग्न पनि तयार छु: समिति अध्यक्ष वली

यता गंगादेव गाउँपालिका खेलकुद समिति अध्यक्ष हरिश वलीले आफुलाई गतल आरोप लगाएको बताएका छन् ।

पोष्टपाटीसंगको कुराकानीमा अध्यक्ष वलीले आफुलाई लगाएका आरोपहरु प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए ।

उनले भने- मलाई लगाइएका आरोप सबै झुट हुन्, खेलकुदको नीति र नियम भित्र रहेर काम गरिएको छ, म मात्र हैन त्यहाँ गाउँपालिका अध्य्क्ष, वडाध्यक्ष र खेलाडीहरुपनि छन्, अरु कसैले पनि बिरोध नगर्ने ? उहाँहरुले मात्र बिरोध गरेर हुन्छ ? हामीले निष्पक्ष ढङ्गले खेलाएका छौ ।’,

उनले खेलमा म्याच फिक्सिंग रेफ्री र खेलाडी कसैले पनि नगरेको बताउदै म्याच फिक्सिंग कसले गर्यो, किन गर्यो त्यसबारे आफुलाई कुनै जानकारी नभएको बताए ।

खेलकुदमा सहभागी हुने बिद्यार्थीको उमेर १८ वर्ष उमेर तोकिएको भएपनि त्यो लागु नभएको खेलाडीहरु बताउछन् । नियम जे बनाएको भए पनि मानोमनि भयो, कुनै मापदण्ड पुरा गर्ने प्रमाण खेलकुद समितिले मागेन, त्यसैले भद्रगोल भयो’, एक खेलाडीले नाम नबताउने सर्तमा भने ।

पहिलो अध्यक्ष रनिङ सिल्ड वडा नम्बर ५ ले जितेको थियो भने यसपालिको अध्यक्ष रनिङ सिल्ड वडा नम्बर १ ले जितेको छ ।

दोश्रो अध्यक्ष रनिङ सिल्ड खेलकुद यहि फागुन १ गतेबाट सुरु भई ७ गते सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका २७ स्कुल सहभागी भएका थिए ।

फोटो फिचर:

२०७५ फाल्गुन ९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको