उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिन


फागुन ९, काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ ।

उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर एक वर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरु पूरा गर्न नसकेको भन्दै आलोचना भइरहेका छन् ।

यस्तै बेला मन्त्रीहरु हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उद्घाटनमै रमाउँदै आएका छन् । अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिँदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उद्घाटन, सभासमारोहमा बढी समय बिताउँछन् ।

९ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको