युएईको अलऐनमा रमाईलो ल्होसार साँझ – २०७५ हुँदै


माघ ७/कमल न्यौपाने । नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ । सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवशर पारी रमाईलो ल्होसार साँझ – २०७५ मनाउने भएको छ । फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ ।

अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचालको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरुको बेजाेड प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयाेजक उज्वल दाहालले बताएका छन ।

२०७५ माघ ७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको