ग्लोबल मिसन पिक्चर्स अवार्ड सम्पन्न । नन्दु राई बेस्ट अफ कम्पोजर ।


माघ ७, युएई । ग्लोबल एक्ट्रस फेरेडेसनले आयोजना गरेको ग्लोबल मोसन पिक्चर्स अवार्ड तथा सम्मान कार्यक्रम यस वर्ष दुबईमा भव्यताका साथमा सम्पन्न भएको छ । गत जनवरी १९ तारिख बरदुबईको एक होटेलमा आयोजना भएको अवार्ड वितरण कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट ब्याक्तित्वहरुले अवार्ड प्राप्त गरेका छन् ।

कार्यक्रममा नायकद्वय धिरेन शाक्य र रवीन्द्र खडकालाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपालबाट ३५ जना कलाकारहरु युएई ल्याएर अवार्ड सम्पन्न गरेको आयोजक आरके सुवेदीले बताएका छन् ।

एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा इनास अध्यक्ष रेखा घिमिरे लगायत विभिन्न क्षेत्रबाट अतिथिहरु उपस्थित भएका थिए । आयोजकले अघिल्लो दिन १८ जनवरीमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता गराएको थियो, उक्त खेलमा एनआरएनए युएई प्रथम, पिएनए समुह दोस्रो र आयोजक समुह तेस्रो भएका थिए ।

आयोजकले शुक्रबारै दिनको समयमा नेपालबाट आमन्त्रित नायक धिरेन शाक्य, रविन्द्र खडका लगायतका कलाकारहरुलाई क्रुजपार्टीको ब्यवस्था गरेको थियो । सफलताको शिखर चढदै नन्दु राई । युएईबाट नेपाली गीतसंगित क्षेत्रमा औपचारिक यात्रा थालेका धनकुटाका नन्दु राईले यो पटक पनि अवार्ड हात पारेका छन् । यो उनको तेस्रो अवार्ड हो । राईको पछिल्लो गीत नकाटी है चालीस —-बोलको गीतका लागि बेस्ट अफ कम्पोजर विधाको अवार्ड उनलाई दिइएको आयोजकले बताएका छन् ।

इन्द्र सेन्चुरीको शब्द रचनामा सिर्जित यो गीत युट्युबमा भाइरल बन्दै गएको छ । गायन, संगित सिर्जना र शब्द रचनामा अब्बल नन्दु राईले ३ दर्जन गीतको कम्पोज गरिसकेका छन् भने ७ सय गीत रचना गरिसकेका छन् । गायक नन्दु राई वैदेशिक रोजगारीपछी नेपाल फर्किएर नेपाली संगीतको क्षेत्रमा पुर्णकालीन समर्पित भएका थोरै कलाकर्मीमा एक प्रतिनिधि पात्र हुन ।

काठमाडौंमा बसी नेपाली संगीतको क्षेत्रमा क्रियाशील राईले यो अवधिमा १५ वटा अन्य गायकगायिकाका गीतहरु कम्पोज गरिसकेका छन् भने देशका विभिन्न शहरहरुमा आयोजित महोत्सवहरुमा उत्तिकै भाग लिइरहेका छन् । स्वदेशमात्रै होइन , गायनकै सिलसिलामा विदेश पनि निरन्तर गइरहेका छन् । युएईमै रहदा भर्सटायल गायकको रुपमा परिचित गायक राईले प्राप्त गरेको यो तेस्रो अवार्ड हो ।

यसभन्दा अगाडि युएईमै आयोजना भएको म्युजिक भिडियो अवार्ड-२०१८ मा बेस्ट गायकको उपाधी चुमेका राईले सिंगापुरमा आयोजित बक्स अफिस म्युजिक भिडियो अवार्डमा आइ लभ यु —- बोलको गीतका लागि अवार्ड पाएका थिए । परदेश आइयो, परदेशी भैयो—-, आपा र आमा—- सालैजो— जस्ता लोकप्रिय गीत गाइसकेका राईको आई लभ यु— बोलको गीत सर्वाधिक रुचाइएको गीत पनि हो ।

२०७५ माघ ७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको