आज आर्य दिवस: ‘मङ्गोलको चश्माले आर्य समाजलाई हेर्दा’


दीपा बुढा मगर । आज आर्य समाजको स्थापना दिवस हो । नेपालमा मङ्गोल नेशनल अर्गनाइजेसनको ३०औं स्थापना दिवस मनाएको ठिक २१ दिनपछी आर्य समाजको स्थापना दिवस आएको छ । यो आर्य समाज एक हिन्दु सुधार आन्दोलन थियो । जसको स्थापना स्वामी दयानन्द सरस्वतीले १८७५ मा गरेका थिए ।

स्वामी दयानन्द सरस्वती नास्तिक थिए । मूर्ति पूजा, अवतारवाद, बलि, झूठो कर्मकाण्ड वा अन्य सामाजिक अन्धबिस्वास, छुवाछूत, जातिगत भेदभावका विरोधी, स्त्री र शूद्रहरुलाई पनि धार्मिक ग्रन्थहरु पढने अधिकार दिएका थिए । यो समाजको आदर्श वाक्य थियो, ‘कृण्वन्तो विश्वमार्यम्’ जसको अर्थ हुन्छ, ‘विश्वलाई आर्यमय बनाउदै लैजाउ ‘।

दयानन्दका अनुसार आर्यको अर्थ श्रेष्ठ र प्रगतिशिल भन्ने हुन्छ । उनले मानव समाजलाई प्रगतिशिल मार्गमा लैजाउ भन्ने सन्देश दिन खोजेका थिए भन्ने हो । यसको अर्थ हिन्दु समाज गलत बाटोमा गइसकेको छ भन्ने अर्थ हो । तर अन्तत: उनी पनि आर्य साम्राज्यका पृष्ठपोषक नै हुन् भन्ने कुरामा दुबिधा छैन ।

तर खासमा आर्य भनेको मानव समाजका तिन वर्ण मध्यको एउटा वर्ण हो । आर्य शब्दको उपयोग भारत-ईरानीहरुद्वारा स्व: पदनामको रूपमा प्रयोगमा ल्याएका थिए । यो शब्द भारतमा ३५०० को आसपासका बर्षहरुमा एक जातीय लेबलको रूपमा प्रयोग भएको थियो । आफू वा आफ्नो कुलीन वर्गको साथसाथै भौगोलिक क्षेत्रको आर्यावर्तको नामले चिनिन्छ, जहाँ इंडो-आर्यन संस्कृति आधारित छ ।

ईरानीहरुले पनि एक जातीय लेबलको रूपमा यस शब्दको प्रयोग गरे र यहि शब्दवाटै देशको नाम ईरानको व्युत्पत्ति स्रोतको निर्माण भयो ।

आर्य समाज वर्णव्यवस्थामा आधारित समाज त हो तर दयानन्द सरस्वतीको अनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र कर्मको आधारमा निर्धारण हुन्छ न कि जन्मको आधारमा । दयानन्द सरस्वती अन्य हिन्दुहरु भन्दा प्रगतिशिल हुँदाहुँदै पनि अन्धबिश्वासवाट आफुलाई मुक्त पार्न सकेको भने छैन । उसको समाज मुख्यत: बेदमा आधारित छ । जुन बेदमा मान्छेको उत्पती एउटा बिराट पुरुषको विभिन्न शरिरवाट उत्पती भएको मनगनन्ते परिकल्पनामा अडिएको छ । जसको परिणामले समाज एउटा बर्णभेदी प्रथामा रुपान्तरण भयो ।

आर्य समाजले रामलाई आदर्श पुरुषको रुपमा लिने गर्दछ । उही राम जसले १४ बर्ष बनबासको नाममा आफ्नो आर्य साम्राज्य फैलाउन ठुल्ठुला लडाईहरु लड्यो । गैर आर्यहरुलाई कत्केलाम पार्‍यो । यो दयानन्द सरस्वतीले भने जस्तो आदर्श पुरुष होइनन् । जसले एउटा धोबीको कुरा सुनेर आफ्नो श्रीमती सितालाई समेत घोर अन्याय गरेका पात्र हुन् । त्यसैले अन्ततः दयानन्द सरस्वती प्रगतिशिल हुँदाहुँदै पनि प्रगतिशिल हुन नसकेका र नास्तिक हुँदाहुँदै पनि आस्तिकको दलदलमा भाषिएका पात्र हुन् । जसले आफू र आफ्नो कुलीन आर्य बर्णलाई श्रेष्ठ वा प्रगतिशिल भन्ने अर्थ दिए । खासमा माथी भनिए जस्तै आर्यको अर्थ भुगोलिक धरातलसङ्ग जोडिएको नाम हो ।

तर दयानन्द सरस्वतीको कतिपय सिद्धान्तले भने मङ्गोल मुक्तिको लागि लडेका नेपालमा डा. गोपाल गुरुङले अघि सारेको दर्शन स्विकारेको छ । यस अर्थमा मङ्गोल बर्णको लागि अन्य कथित उच्च जातिका हिन्दुहरु भन्दा दयानन्द केही प्रगतिशिल पात्र हो भनेर भन्यो भने सायदै गलत होला ।

(लेखिका दिपा मगर मङ्गोल नेशनल अर्गनाइजेसन युएईका कोषाध्यक्ष हुन) 

२०७५ माघ ७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको