विप्लव नेकपाले कालिकोटमा संगठन बिस्तार अभियान थाल्यो


माघ ७, कालिकोट । बिप्लब नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टी कालिकोटले २ महिने संगठन सूदिढिकरण तथा बिस्तार अभियानको सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको नरहरीनाथ गाउँपालिका लालूको ठाँटिकोटमा उद्घाटन गरेको छ ।

जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बोल्दै प्रमूख अथिति केन्द्रीय सदस्य हितमानले बर्तमान सरकार आफ्नो पार्टिको प्रारम्भीक गतिबिधिले आतंकित भएको बताएका छन ।

सरकारले नेकपाका नेता कार्यक्रर्ताहरु माथि धरपकट,गिरप्तारी र वारेन्ट जारी गर्न बाहेक अरु केहि गर्न नजानेको र त्यसैको उपच नेता हितमानले जिकिर गरेका छन । साथै उनले जिल्लाको पूर्ब र पश्चिमी भेगमा चल्ने २ वटा ठूला अभियान टिमलाइ झन्डा र ब्यानर हस्तान्तरण गर्दै सफलताको शूभकामना ब्यक्क्त गरेको नेकपाका कार्यलय सचिब निर्देशन सूनारले जानकारी दिएका छन।

कार्यक्रममा नेता आर्जन र हेमन्त पनि सहभागि भएका थिए । कार्यक्रमका अध्यक्ष तथा जिल्ला सेक्रेटरी रणदिपले बिना कारण नेकपाका नेता कार्यकर्ताहरुलाइ धरपकट ,गिरप्तार रवारेन्ट जारी गर्नू भन्दा सरकारले देशमा भएका हत्या हिंसा र बलत्कार जस्ता जघन्य अपराधरुको न्यूनिकरण गर्न सकेमा त्यसैमा जन्ताको सेवा र भलो हूने ठोकूवा गरेका छन ।

२०७५ माघ ७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको