पुथा हिमालयको ५० औं स्वर्ण-महोत्सव शुरु


पृथीछक बुढा मगर, २०७६, मंसिर ४ ।
पुथा हिमालय मा. बि. मैकोट, रुकुम ( पुर्ब)ले आफ्नो स्वर्ण- महोत्सव आज देखि धुमधामले मनाइरहेको छ । ५ नँ. प्रदेश मुख्यमन्त्रि शँकर पोखरेलद्वारा उदघाटन गरिएको स्वर्ण- महोत्सव साताब्यापी चल्ने बिद्यालयका प्रधानाध्यापक हस्तिमान पुन मगरले पोष्टपाटीलाई बताए ।

२०२६ साल देखि संचालनमा आएको बिद्यालयले २०७६ सालमा आफ्नो ५० बर्ष उमेर पूरा गरेको छ । अहिले यस बिद्यालयमा १२ कक्षासम्मको पढाइ संचालन भइरहेको छ ।

मंसिर ४ गते देखि शुरु भएको साताब्यापी स्वर्ण- महोत्सवको प्रमुख अतिथी पाँच नम्वर प्रदेश मुख्यमन्त्री शंकर पोख्रेल थिए भने विशेष अतिथिमा त्यस क्षेत्रका सांसद कमला रोका थिए ।

अन्य अतिथिहरुमा पुर्ब आपूर्ति मन्त्री गनेशमान पुन, पाँच नम्वर प्रदेशका सांसद तेजबहादुर ओली, नेकपा (नेकपा)का जिल्ला इन्चार्ज खेममान खड्का, पुर्ब प्रधानाध्यापक शिवहरि पन्थी, जय प्रकाश पन्थी, पुर्ब गाबिस अध्यक्ष काजी पुन ‘दिपक’, कर्मफ्लाइट्स फाउन्डेसनका सचिब प्रेम बहादुर कुवर, बिद्यालयमा औपचारिक शिक्षाका शुरुवाती कर्ता थोते मास्टर ‘कृष्णलाल गुरुङ’का धर्मपत्नी प्रेम कुमारी गुरुङ र उनको छोरी मिना गुरुङको विशेष उपस्थिती थियो ।

स्वर्ण-महोत्सवको औपचारिक कार्यक्रमको संचालन बिद्यालयका शिक्षक रत्न प्रसाद पुन मगर र मिना गुरुङले
गरेका थिए भने सभापतिमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद पुन ‘लजिम’ थिए ।

स्वागत मन्तव्य त्यस वडाका अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य मकर बहादुर गुरुङले राखेका थिए भने प्रधानाध्यापक हस्तिमान पुन मगरले बिद्यालय प्रतिबेदन प्रमुख अतिथिलाई बुझाएका थिए ।

रानीबनको छेवैमा बिद्यार्थीहरुको मार्च पास हेर्न लायकको थियो । पिटि खेल्दै बिद्यार्थीहरुको समुहले ५० औं स्वर्ण-महोत्सवको झल्को दिनेगरी पचास बनाएका थिए । साथै ‘पश्चिम पुर्ब घर’ बोलको गितमा नाचेका थिए । प्रस्तुतिमा ती बिद्यार्थीहरुले सबै समुदायको पहिचानलाई झल्काउने खालको भेषभुषा लगाएका थिए । साथै विभिन्न झाकी टिमहरुले पनि परम्परागत नाच देखाएका थिए ।

महोत्सबमा स्थानिय हातबाट बनेको काम्लो र फेरे प्रमुख अतिथि शंकर पोख्रेललाई दिएर बिदाई गरियो ।

अतिथिहरुलाई बिदाई गरिसकेपछी बिद्यालयलाई विभिन्न कोणबाट सहयोग गरेका दाताहरुलाई कदर पत्र सहित सम्मान गरियो ।

महोत्सवको अबशरमा कर्मफ्लाइट्स फाउन्डेसन कास्की पोखरा, नेपालले पनि बिद्यालयलाई सहयोग गरेको छ । यस संस्थाले बिद्यालयको पुस्तकालय स्थापना काल देखि लिएर विभिन्न चरणमा थुप्रै सहयोगहरु दिदै आएको थियो ।

संस्थाले करिव १ लाख ५० हजार बराबरको रियुजेवल प्याड बिद्यालयलाई हस्तान्तरण गरेको छ । महिनावारी शुरु हुने उमेर समुहका बिद्यार्थीहरुलाई प्रजनन सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरिएको संस्थाका सचीव प्रेमबहादुर कुवरले पोष्टपाटीलाई बताए । संस्थाको तर्फबाट महोत्सवमा तीन जना बिदेशी पाहुनाहरु न्युजल्यान्डबाट टोम, आयरल्यान्डबाट टोबि, र अस्ट्रेलियाबाट नर्स अमान्दाको पनि उपस्थिती थियो ।

साता ब्यापी स्वर्ण-महोत्सवको भोली देखि ब्वाइज फुटवल, ब्वाइज र लेडिज भलिवल र हाजिर जवाफ प्रतियोगिता हुने तालिका रहेको छ ।

४ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको