प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएपछि जनार्दनको यस्तो छ प्रतिक्रिया


मङ्सिर ४, काठमाडौँ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रवीच एकता प्रक्रियामा भूमिका खेलेका नेकपा नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने निर्णयले केपी शर्मा ओलीप्रति विश्वास बढेको बताएका छन ।

बुधवारको निर्णयले दुबै अध्यक्षको बिचमा नयाँ विश्वास पैदा भएको र पार्टी एकताले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ ।

‘कम्युनिस्ट आन्दोलन लाई एकीकृत गर्ने नेपाली जनताको सपना पूरा गर्ने काममा हाम्रा नेताहरुको शाहसिक निर्णय बाट नेकपा निर्माण भयो । उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पुरा गर्दै गर्दा मलाई धेरैले प्रश्न गरेका थिए । यस्तो मुर्खतापुर्ण कदम किन ?’ नेता शर्माले बुधवार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन, ‘मेरो बारेमा अध्यक्ष प्रचण्डलाई चुक्लि गरे कसैले अध्यक्ष केपी लाई फसाएको आरोप लगाए । मलाई थाहा थियो दुइ वटा नेताहरुको सम्पुर्ण वार्तामा म छु र सबै शब्द हेरेको छु सुनेको छु । मलाई मेरो आदरणीय दुबै नेता प्रति विश्वास थियो ।’

बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने र ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री बनाउने सहमति गरेको थियो ।

‘शैली र बोलीमा आ आफ्ना बिशेषता भएता पनि आफ्नो बचनमा प्रतिबद्ध छन । मेरो बिश्वास लाई आजको निर्णयले साबित गरेको छ । यसबाट अध्यक्ष कपी ओलीप्रति मेरो विश्वास थप बढेको छ’ नेता शर्माले लेखेका छन ।

यस्तो छ उनले सामाजिक संजालमा राखेको स्टाटस

कम्युनिस्ट आन्दोलन लाई एकिकृत गर्ने नेपाली जनताको सपना पुरा गर्ने काम मा हाम्रा नेताहरुको शाहसिक निर्णय बाट नेकपा निर्माण भयो। उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पुरा गर्दै गर्दा मलाई धेरैले प्रश्न गरेका थिए । यस्तो मुर्खतापुर्ण कदम किन? मेरो बारेमा अध्यक्ष प्रचण्ड लाई चुग्लि गरे कसैले अध्यक्ष केपि लाई फसायको आरोप लगाए ।

मलाई थाहा थियो दुइ वटा नेताहरुको सम्पुर्ण वार्तामा म छु र सबै सब्द हेरेको छु सुनेको छु। मलाई मेरो आदर्णिय दुबै नेता प्रति विश्वास थियो।सैलि र बोलिमा आ – आफ्ना बिशेषता भएता पनि आफ्नो बचनमा प्रतिबद्ध छन। मेरो बिश्वास लाई आजको निर्णयले साबित गरेको छ। यसबाट अध्यक्ष के पि ओलि प्रति मेरो विश्वास थप बढेकोछ। यो बिचमा पार्टि भाड्ने फुटाउन चाहनेको तमाम खेलका म पुरै जानकार थिए र पार्टि एकता बचाउन मेरो एकजना मित्र सहित रातदिन लागि रहे ।

आज नेताहरुले सबै भ्रमहरु चिर्दै सहमति र समझदारी कार्यन्वयन को नयाँ उचाइ मा ल्याउनु भएको छ। एस बाट दुबै अध्यक्ष हरुको बिचमा नयाँ विश्वास पैदा भएको मात्र छैनकि एकताले नयाँ उचाई हासिल गरेको छ । अध्यक्ष तथा सम्मानित प्रधानमन्त्री के पि ओलि र अध्यक्ष प्रचण्डको काँधमा आम जनताको जिवनमा खुसियालि ल्याउन र सम्वृधि नेपाल बनाउने अभियान लाई सफल पार्ने एक कार्यभार मात्र वाँकि छ। बलियो पार्टि र बलियो सरकार एसमा सफल हुनेछ । अध्यक्ष दुबैलाइ एकताको श्रेय युग युग सम्म जनाताले दिनेछन।

४ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको