सावधान ! लेण्डुपेहरुले कालापानी बेचे

स्वाभिमानका लागि एक हौ !


पृथीछक बुढा मगर । उठ नेपाली हो, अब ब्युझिने वेला भएको छ । जनता भन्दा ठूलो शक्तिशाली दुनियाँमा कोहि छैन । आफ्नो शक्ति देखाउने वेला अब भएको छ । वेला यहि हो । समय आइसकेको छ ।

बैरीले धावा बोलिसकेको छ । सबै उठौ ! ब्युझौ ! यतिखेर नब्युझिने हो भने हामी कहिलै ब्युझिने छैनौं ।

बैरीले सिक्किम निलेको ४४ बर्ष भइसक्यो । सिक्किम पछि भुटान र नेपाल निल्ने योजना थियो । भुटानको घाँटी त जमानामै अठ्याइसक्यो । अब बाकी नेपाल छ । पुर्खाले लेखेको रगत र बहादुरीको ईतिहास फेरि लेख्नु छ र विश्वलाई देखाउनु छ कि भुटान र सिक्किम जस्तो सजिलो छैन नेपाल निल्न । तर साबधान ! सिक्किम हाम्रो नजिकै छ, सिक्किमको हावा हुण्डरि नेपाल प्रबेश गर्न सक्छ ।

जनतामा स्वाभिमानी स्वभाव छ । त्यसमा कुनै शंका छैन । तर हामीले ईतिहास नभुलौ कि सिक्किमेली जनताको राष्ट्र प्रतिको स्वभाव पनि नेपाली जस्तै थियो । तर त्यहाँको हाउसमा लेण्डुप जन्मिएको थियो ।

यहाँ पनि ती लेण्डुपहरुको कमि छैन । फरक यति मात्रै हो कि त्यहाँ ९९.९ प्रतिशत लेन्डुप प्रवृत्ति हावी थियो भने यहाँ त्यति नामुद प्रवृत्तिको बिकास भइसकेको छैन । तर हामीले ईतिहास नभुलौ, त्यही एकाद लेण्डुपेहरुले नै नदिनाला बेचेका थिए । जसले गर्दा नेपाली जनताले यो गरिबी र अभावको सिकार हुनु परिरहेको छ ।

लेण्डुप प्रवृत्तिले खुट्टा कमाउन सक्छ । आत्मसमर्पण गर्न सक्दछ । ती नाफाखोरीले माटोलाई बिक्रि गर्न सक्दछ । सचेत ढंगले खबरदारी गरौं ।

आवाजमा आवाज थपौ । मुठ्ठिमा मुठ्ठि कसौं । चेतनामा शक्ति भरौ । यो राष्ट्रियताको कुरा बिचैमा सेलाउन सक्छ, सेलाउन नदिऔं । अन्तिम गन्तब्यमा पु-याएरै छाडौं । यदि यो समस्या हाम्रो युगले समाधान गरेन भने इतिहासले हामीलाई गद्दार ठान्ने छ ।

१ अर्ब १३ करोड जनसंख्याको अगाडी हामी ३ करोडको संख्या जरुर थोरै छौँ । तर हामीसँग न्यायप्रेमी भारतिय जनताको पनि साथ र समर्थन छ । भारतिय जनताले २ सय बर्ष लामो दासताको चोट बुझेको छ । दासताको चोट खेपेका भारतीय नागरिक हाम्रो पक्षमा छन्।

हामीसँग आणविक हतियार छैन । क्षेप्यास्त्र छैन । कम्ब्याट ट्याङ्क छैन, लडाकु विमान छैन । यसै कारणले त हो भारतले हेपेको होइन ?

दाजुभाइ हो ! हतियार भनेको साधन हो, साध्य होइन । बिचारको सामु हतियार निरिह हुन्छ ।

हामी जुनसुकै बिचारधाराका किन नहोऔं, जुनसुकै दलका किन नहोऔं, राष्ट्रिय अखण्डताको मामिलामा मन नफुटाउँ । यो एकताको समय हो । राष्ट्रियतालाई मजबुत बनाउने समय हो ।

यदि जनता समुन्द्रको आधी जस्तै जुरमुराएर उठ्यो भने संसारको कुनै पनि शक्तिले रोक्न सकेको ईतिहास छैन । पुर्खाले चिनेको ईतिहास हामीले भत्काउने होइन, अझै उचाईमा पु-याउने हो ।

यदि सरकारले राष्ट्रियता प्रति स्ट्याण्ड लिन्छ भने सरकारलाई सहयोग गरौं । यो गाली गलौजमा उत्रिने समय होइन ।

हामी बुद्धको शान्ती भुमिका नागरिक भएको हैसियतले सक्भर कम जटिलताका साथ कुटनैतिक तहवाट समस्याको समाधान खोजौ । टेरेन भने अन्तरास्ट्रिय अदालतको लागि ढोका खुल्ला छ । तर त्यो हिम्मतिलो नेतृत्व हाम्रो बिचमा भेटिदैन ।

नेतृत्व त जनताको बिचबाट जन्मिने हो । त्यसैले संघर्ष जारी राखौं । सरकारलाई दबाब दिऔं । यो भारतिय साम्राज्यवादबाट मुक्ति पाउने इतिहासकै उच्च स्तरको संग्राम हुनेछ । दुस्मनले भुमी खोसिसक्यो, माटोको रक्षा गर्न ब्युझी उठ नेपाली हो ! प्रतिरोध गरौं । यो थाक्ने समय होइन । निरास हुने समय होइन ।

यो ईतिहास लेख्ने समय हो । नेपाली साच्चिकै बहादुर र स्वाभिमानी छ भनेर बिश्वलाई देखाउने समय हो ।

४ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको