‘अ’पहरण’ गरिएको आयल निगमको ट्यांकर भेटियो


मंसिर ४, काठमाडौ । सिरहाको लहानबाट अ’पहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ ।

मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

थिरेश्वरनाथ नगरपालिका– १ मा रहेको राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा ट्यांकर फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खरेलले जानकारी दिए ।

ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी भईरहेको छ । थप अनुसन्धान सिरहा प्रहरीले गर्ने खरेलले बताए । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो ट्यांकर फेला पारेको हो ।

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अ’पहरण गरेको बताइएको थियो ।

यद्यपि, दाबी गरिएजस्तो टयांकर अप’हरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अ’पह’रणको बहाना गरिएको थियो भन्ने खुलेको छैन ।

प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अ’पह’रण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए।

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ । उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो।

नेपाल आयल निगमले ‘अप’हरण’ मा परेको भनिएको ट्यांकरको खोजी गर्न एक समिति बनाएको छ । निगमले मंगलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

२०७६ मंसिर ४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको