१८ अक्टोबर २०१९,
पृथीछक बुढा, दुबई । नेपाल मगर संघ युएई साखाको अध्यक्षमा शिला राना मगर चयन हुनु भएको छ । सिल्भर स्पुन रेष्टुरेन्टको सभा हलमा सम्पन्न साखाको दशौँ अधिबेशनमा २०१९-२०२१ को लागि मगर संघ युएईकै इतिहासमा पहिलोपटक महिला नेतृत्व चयन भएको हो । नव निर्वाचित शिला राना मगर अघिल्लो १७-१९ को कार्यकालमा उपाध्यक्षको कार्मयभार सम्नोहाल्नीनु भएको थियो ।
अध्यक्ष पदको लागि शिला राना मगर, भुवन थापा मगर र दिपक थापा मगरको दाबेदार रहेकोमा सहमतिमा शिला राना मगरको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो ।
नेपाल मगर संघ युएई साखाका पुर्व अध्यक्ष टंक थापा मगरको सभापतित्वमा सम्पन्न भएको अधिबेशनको प्रमुख अतिथिको रुपमा नेपाल मगर संघका केन्द्रिय सचिव, बिदेश बिभाग प्रमुख समेत रहनु भएका रक्षा राइका मगर हुनुहुन्थ्यो भने कार्यक्रम संचालक युएई साखाका महासचिव डोल राना मगरले गर्नु भएको थियो ।
कार्यक्रममा कार्य समिती १७/१९ को प्रतिबेदन युएई साखाका महासचिव डोल राना मगरले प्रस्तुत गर्नुभएको थियो भने समितिको आर्थिक प्रतिबेदन कोषाध्यक्ष केशु थापा मगरले प्रस्तुत गर्नु भएको थियो ।
नेपाल मगर संघ युएई साखाका सल्लाहकार समेत रहनु भएका खुम आले मगरले नयाँ संसोधित बिधान २०७६ लाई प्रस्तुत गर्नु भएको थियो भने संघले अध्यक्ष र प्रमुख अतिथिको हातवाट विभिन्न ब्याक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।
नेपाल मगर संघ शाखा युएई १० औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्ष शिला राना मगर, तिन जना उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष भुवन थापा मगर, उपाध्यक्ष, मोहन बुढाथोकी मगर, मनु थापा मगर, राजु बुढा मगर, महासचिवमा नयन घर्ती मगर, उपमहासचिवमा राजेन्द्र थापा मगर, सचिवमा सिता रजाली, कोषाध्यक्ष प्रदीप पुन मगर, प्रवक्ता विष्णु घर्तीमगर, सदस्यहरुमा अनिता आले मगर, नविन थापा मगर, शंकर राना, तारा राष्कोटी, चुमन दर्लामी मगर र युवराज थापा मगर हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस