पूर्वसांसद साहलाई शिशु जिम्मा लिई अदातलमा उपस्थित हुन आदेश


कत्तिक ३, काठमाडौं । उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालमा रहेको आफ्नो शिशु लिएर अदातलमा उपस्थित हुन आदेश दिएको छ ।

८ महिनाअघि डाउनसिन्ड्रोम भएको शिशु जन्मिएपछि अस्पतालमै छाडेकी साहलाई शिशु जिम्मा लिएर अदातलमा उपस्थित हुन उच्च अदालतले आदेश दिएको हो ।

साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर शिशु डाउनसिन्ड्रोम भएको थाहा पाएपछि साहले अस्पतालले गल्ती गरेको भन्दै शिशु लिन अस्वीकार गरेकी थिइन् ।

साहले शिशु लिन अस्वीकार गरेपछि अस्पतालले उच्च अदालत पाटनमा साहविरुद्ध मुद्धा दर्ता गरेको थियो । सो मुद्धामा पाटन अदातले असोज ८ गते शिशुको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो ।

अदातलको आदेशपछि वीर अस्पतालले शिशुको स्वास्थ्य परीक्षण गरी असोज २९ गते स्वास्थ्य अवस्थाको रिपोर्ट अदालतमा पेस गरेको थियो ।

वीर अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा शिशुको अवस्था सामान्य रहेको पाइएपछि अदालतले साहलाई आफ्नो शिशु सहित ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

३ कार्तिक २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको