असोज ०३, काठमाडौं । चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गरेको भन्दै विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ध्यानाकर्षण गराएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार विज्ञप्ति जारीगर्दै पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले पुष्टि गरेको भन्दै आपत्ति जनाएको छ ।
स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ, बिज्ञप्तिमा उल्लेख छ ।
समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गरेका छन् र माग पूरा गर्न अटेर गरे समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक हक व्यवस्था गरिएको छ । स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । त्यसको विरुद्ध चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आएका छन् । कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गरिरहेको छ ।
विज्ञप्तिको पूर्णपाठ:
प्रतिक्रिया दिनुहोस