‘संविधान दिवस’को शुभकामना !


संविधानको ‘स’ नजानेका
मेरा गाउँका काईला बा लाई पनि
संविधान दिवसको औधि शुभकामना ।

मिना खड्का 

सिहंदरबार गाउमाँ पुगिसक्दा
सिहं गाउँमा गएको तर
दरबार उतै हरायको महसुस गर्ने
पहिलाको जस्तै,
असुरक्षाको महसुस गरिरहने
मेरि बहिनीलाई पनि शुभकामना ।

नारा जुलुस गर्दै
भव्य बनाउनु भन्दा समिक्षात्मक टिप्पणि
गरेपनि हुन्थ्यो नि भन्ने सोच्ने तर
भन्न चाहि डराउने
म जस्तै सर्बसाधारण जनतालाई पनि ।

संघीय लोकतान्त्रिक धर्म निरपेक्ष,
गणतन्त्रात्मक समावेशी समाजवाद उन्मुख
यी र यस्तै शब्दहरुले भरिपुर्ण
धेरै नेपालीको रगतले लेखेर
कार्यन्वयन हुन अक्मक्कीएको
यो संविधानलाई पनि शुभकामना ।

र अन्तमा…
बिगत धेरै वर्ष अगाडिबाट
समानताको एउटा नयाँ विधान रच्ने,
सबै जात, धर्म, वर्ग, लिङ्ग, भाषा,
सबै समान, सबै विशेष,
सबै मिलेर एउटा सिङ्गो देश बनाउन
समावेशी सपना साकार पार्न
खोज्ने सहिदहरुलाई पनि
शुभकामना ।।

३ आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको