भदौ ३, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले आफू नियुक्त भएको १४ महिनाको अवधिमा यातायात व्यवस्था विभागको महानिर्देशकमा पाँचौंपटक गोगनबहादुर हमाललाई नियुक्त गरेका छन् ।
समग्र यातायात क्षेत्रको नियमन गर्ने निकायका रुपमा रहेको विभागमा मन्त्री महासेठले मेकानिकल इन्जिनियर हमाललाई महानिर्देशक बनाएका हुन् ।
विभागलाई अस्थिर बनाउने गरी कर्मचारी सरुवा गरेको भन्दै आलोचित हुँदै आएका मन्त्री महासेठले त्यसलाई बेवास्ता गर्दै सोमबार हमाललाई विभागको ३१औं महानिर्देशकका रुपमा नियुक्त गरेका हुन् ।
यसअघि विभागमा सहसचिवहरु कुमारप्रसाद दहाल, रुपनारायण भट्टराई, लावण्य कुमार ढकाललाई महानिर्देशक बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस