प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु


भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने तथा आउँदो उपनिर्वाचनका विषयमा छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत वर्षको चैत २७ देखि पदाधिकारीविहीन छन् । पदाधिकारी नहुँदा उजुरीहरू पनि अलपत्र छन् ।

बैठकमा यी विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा मंसिरमा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार दलका प्रतिनिधि रहेको बताइएको छ ।

३ भाद्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको