रवि लामि’छाने हिरासतमै रहने, फेरी म्याद थपियो


भदौ ३, काठमाडौं । पत्रकार रवि लामि’छानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरी पाँच दिनको म्याद थपिएको छ ।

पत्रकार शालि’कराम पुडासै’नीलाई आ’त्म’हत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछा’नेसहित युव’राज कँडेल र अ’स्मिता कार्कीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीले अभियुक्त तिनैजनलाई  मंगलबार दोस्रो पटक जिल्ला अदालत चितवन पेस गरेको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले ५ दिन थुनामा राख्न माग गरेकोमा अदालतले ५ दिनकै लागि म्याद दिएको हो।

२०७६ साउन ३० मा काठमाडौंबाट नियन्त्रणमा लिएका उनीहरुलाई पहिलो पटक ३१ साउनमा अदालत उपस्थित गराइएको थियो। त्यतिबेला पनि अदालतले ५ दिन नै थुन्न आदेश भएको थियो ।

लामिछा’नेका कानुन व्यवसायी सुनिल पोखरेलसहितले धरौटीमा छोडी कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए । अदालतको तीन नम्बर बेञ्चमा भएको सुनुवाईमा न्यायाधीशले दुवै पक्षको बहस सुनेका थिए ।

प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आ’त्मह’त्या दुरुत्साहनमा पक्राउ परेका लामिछा’नेसहित ३ जनालाई नै थप ५ दिन थुन्न अनुमति दिएका हुन् । अनुसन्धानको काम बाँकी रहेको प्रहरी भनाइ छ ।

यसअघि सोमबार र मंगलबार गरी जिल्ला सरकारी वकिलको कार्यालयमा तीनै जना अभियुक्तसँग बयान लिने काम भएको थियो।

सोमबार बयानका क्रममा सरकारी वकिलसँग र’विले आफूलाई आरोप लगाएर पुडासै’नीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका थिए । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका छन्।

पोस्टमार्टम रिपोर्टले झु’न्डिएकै कारण पुडासै’नीको मृत्यु भएको देखिएको छ । पुडासै’नीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भइसकेको छ ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आ’त्मह’त्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ । यही कानुनका आधारमा प्रहरीले रवि लामि’छाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

३ भाद्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको