भदौ ३, चितवन । पत्रकार रवि ला’मिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न मंगलबार जिल्ला अदालत लगिँदैछ ।
पत्रकार शालि’कराम पुडा’सैनीलाई आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामि’छानेसहित युव’राज कँडेल र अ’स्मिता कार्कीलाई म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको हो ।
पुडा’सैनीको पोष्ट’मार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको जानकारी उनले जानकारी दिए । पोष्ट’मर्टम रिपोर्टमा पत्रकार पुडा’सैनीको आ’त्मह’त्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ ।
पुडा’सैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार र’वि लामि’छाने, युव’राज कँडेल र नर्स अ’स्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनु’सन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस