काठमाडौंमा पत्रकारमाथी साङ्घातिक हमला


असार ५, काठमाडौँ । राजधानीमा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि साङ्घातिक आक्रमण भएको छ ।

सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन–दहाडै साङ्घातिक आक्रमण भएको हो ।

पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्जा भनिने सञ्जय लामा सहितको दर्जनभन्दा बढी गुण्डाहरुले आक्रमण गरेको पत्रकार बस्नेतले बताए ।

पत्रकारलाई कुटपीट गर्नेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ । आक्रमण गर्ने टोलीले पत्रकार बस्नेतलाई डर–त्रास तथा आर्थिक प्रलोभन समेत देखाएको बताईएको छ ।

५ असार २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको