मेस्सीले पूरा गरे ५० गोल, बने पहिलो खेलाडी !


जेठ ५,काठमाडौं । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले यो सिजन ५० गोल पूरा गरेका छन् । आइतबार ला लिगाको अन्तिम खेलमा एइबारविरुद्ध २ गोल गर्दै मेस्सीले यो सिजनको ५०औं गोल पूरा गरेका हुन् ।

यससँगै मेस्सी यो सिजन युरोपका टप–५ लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले सबैखाले प्रतियोगिताबाट बार्सिलोनाका लागि ५० गोल पूरा गरेका हुन् ।

एइबारको घरमा भएको खेलमा मेस्सीले खेलको ३१औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि उनले लगत्तै ३२औं मिनेटमा दोस्रो गोल गरे, जुन उनको यो सिजनको ५०औं गोल थियो ।

यो सिजन मेस्सीले च्याम्पियन्स लिमगा १२ गोल गर्दा ला लिगामा गोल संख्या ३६ पुगेको छ । बाँकी गोल कोपा डेल रे फुटबलमा गरेका छन् ।

मेस्सीले सबैखाले प्रतियोगितामा कूल ४८ खेल खेल्दै ५० गोल पूरा गरेका हुन् ।

सिजनको अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरी

स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अन्तिम खेलमा लिग च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको ३८औं साताको खेलमा बार्सिलोना अवे मैदानमा एइबारसँग २–२ को बराबरीमा रोकिएको हो ।

एइबारको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अन्तिम खेलमा अंक बाँड्न बाध्य भयो ।

घरेलु टोली एइबारले खेलको २०औं मिनेटमा मार्कको गोलबाट अग्रता लिएको थियो । तर, त्यसपछि पाहुना टोली बार्सिलोना खेलमा फर्कियो ।

उसका लागि खेलको ३१औं मिनेटमा कप्तान मेस्सीले टिमका लागि बराबरी गोल गरे । फेरि लगत्तै ३२औं मिनेटमा मेस्सीले र्न व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई १–२ को अग्रता दिलाए ।

तर, पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा एइबारका पाब्लोले दर्शनीय गोल गर्दै खेल २–२ बनाए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट थप गोल भएन । र, खेल २–२ मा टुंगियो ।

यो बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडे । अब बार्सिलोनाको खातामा ३८ खेलबाट ८७ अंक भएको छ भने एइबारको खातामा ४७ अंक छ । ऊ लिगको १२औं स्थानमा छ ।

६ जेष्ठ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको