दाङमा मन्दिरको छतबाट खसेर एक बृद्धको मृत्यु


बैशाख ७, दाङ । दाङमा भुइँयारथान मन्दिर बनाउने क्रममा खसेर एक ब्यक्तिको मृत्यु भएको छ ।

फाइल तस्बिर 

लमही नगरपालिका वडा नं. ७ मा रहेको भुइँयार थान मन्दिर निर्माणका गर्ने क्रममा छतबाट खरेर सोही ठाउँको बनगाउ निवासी ५२ बर्षीय भीमबहादुर रावतको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार पाँचबजेतिर छतबाट खसेका उनको स्थानीय मेडिकलमा उपचार पछि घरमा ल्याईएको अबस्थामा मृत्यु भएको हो ।

रावतको शनिबार बिहान २ बजेतिर सुतिरहेको अबस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी दिए ।

७ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको