संघीय लिम्बुवान युएईले नयाँ बर्ष मनायो


मायालु कान्छा `विराज केरुङ´/१९ अप्रिल २०१९-दुबई । संघीय लिम्बुवान सामाजिक मञ्च युएईले दुबईको जेविल पार्कमा २०७६ सालको स्वागतार्थमा विभिन्न कार्यक्रमको विच नयाँ बर्ष मनाएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष लासा हाङ निङलेकु लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका संचालक मञ्चका महासचिव बिक्रम लिम्बुले गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य मञ्चका प्रवक्ता लाजेहाङ लिम्बुले गरेका थिए भने मञ्चको तर्फवाट शुभकामना मन्तव्य मञ्चका सल्लाहकार राम योङहाङले दिएका थिए ।
कार्यक्रममा विभिन्न नेपाली परिकारहरु खानुका साथसाथै च्याब्रुङको धुनसंगै लिम्बू समुदायको प्रमुख धान नाच समेत नाचेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती समेत थियो ।

कार्यक्रममा हाडीफोर, छेलो, डोरी तनाई लगायतका खेलकुद पनि खेलाइएको थियो । हाडीफोरमा १७ जना प्रतियोगीहरुलाई उछिन्दै सुर्या राई बिजय भएका थिए । छेलोमा पनि १७ जना मध्ये बिकास वनेम लिम्बुले प्रथम स्थान हासिल गरेका थिए भने डोरी तनाईमा ५ टिमको सहभागिता रहेकोमा विकास बनेम लिम्बू, छत्र वनेम लिम्बू र महेश्वर वनेम लिम्बुको टिमले जित हासिल गरेको मञ्चका खेलकुद संयोजक वलिराम थोप्रा लिम्बुले पोष्टपाटीलाई बताए ।

त्यस्तै संघिय लिम्बुवान मन्च युएईले २०७५ साल चैत्र २ गते पाँचथरकाे हिलिहाङ गाउँपालिकामा अागलागी भई ८ घर पुरै जलेर नष्ट भएकाे पिडितहरुलाइ केही राहत पुर्याउने उद्देस्यले नयाँ बर्ष भाग्यशाली उपहार चिठ्ठाको कार्यक्रम पनि राखेको थियो ।

प्रथम पुरस्कार फुल बहादुर तमङ्गको टिकट नम्बर ०५६७ लाई परेको छ भने दोस्रो पुरस्कार दिपुलाई परेको छ । त्यस्तै क्रमशः तेस्रो अस्कन्त थापा टिकट नम्बर ११७, चौथो डम्बर लिबाङ टिकट नम्बर ०४१७, पाँचौ चन्द्र बहदुर राई टिकट नम्बर १४८१, सान्त्वना ६ जनालाई, जानू चौधरी टिकट १०६१,राजकुमार बुढाथोकी ०५९२, येन्देन सेर्पा ०७५२, मुजाफर १०९१, प्रबिन राजबशी ०१०० र उत्तर कुमार राई ११६१ लाई परेको थियो ।

प्रथम पुरस्कारको लागि १० ग्राम सुन राखिएको थियो भने क्रमशः दोस्रो पुरस्कार सामसुङ J7 मोवाइल फोन, तेस्रो ओप्पो मोवाइल, चौथोलाई ३२ इन्चिको आइकन स्मार्ट टिभी, पाँचौलाई क्यासियो घडी, सान्त्वना छ जनालाई मोवाइल पावर बैक र रिजर्भ मोवाइल राखिएको थियो ।

७ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको