डेरा अगाडि नग्न अवस्थामा महिलाको शव भेटियो, घटना रहस्यमयी


वैशाख ७, काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा महिलाको शव नग्न अवस्थामा भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव नग्न अवस्थामा भेटिएको हो ।

शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी थिइन् । बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले महिलाले राति मदिरा सेवन गरेको देखिएको जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको जनाइएको छ । रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिएको छ ।

रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।

७ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको