यी हुन् नेपाल टेलिकम र एनसेलमा पटक-पटक ‘माफ गर्नुहोला’ भन्ने महिला


बैशाख ७, काठमाडौं । तपाई हामीले प्रयोग गर्ने नेपाल टेलिकम र एनसेलको मोबाइल फोनमा कुनै कारण बस सम्पर्क हुन नसक्दा ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन’ भन्ने महिलाको आवाज सुन्न सकिन्छ ।

तस्बिर: बाँयाबाट भूमिका थापा शाह र सुबानी मोक्तान

यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्।

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ।

को हुन् ती महिलाहरु ?

नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन्। भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

बिबिसीबाट

७ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको