पूर्व विद्यार्थी नेता मल्लकाे आइसियुमा उपचार हुँदै, सहयोग गरिदिन सबैमा अपिल


चैत ६, काठमाडौँ । अखिल (क्रान्तिकारी)का पूर्व नेता केबी मल्लकाे दुबै मृगौला कमजोर भएपछि आइसियुमा राखेर उपचार भइरहेकेा छ ।

जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ । याे निकै क्रिटिकल अवस्था भएकाे उनकाे उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उनलाई काठमाडाैं अस्पतालको आइसियु कक्षमा राखिएको छ । उनको मंगलबार आइसियुमा राखेर डाइलाइसिस गरिएको छ । उनी जनयुद्धकालमै जाजरकोटको विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका नेता हुन् ।

मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको उनले बताए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।

उनको उपचारमा लागेका मल्लका भाइ टेकराज मल्लले आफ्ना दाजुको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

उनले पछिल्लो समय संसारभर छरिएर रहेका नेपालीहरुकै सहयोगका कारण धेरै नेपालीहरुको ज्यान जोगिएको भन्दै राष्ट्रका लागि योगदान गरेका आफ्ना दाजुलाई पनि सहयोग जुट्ने आशा गरे ।

६ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको