अनील नेपाली/चैत ६, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटिएको छ ।
मालारानीको वडा नम्बर-३ खनदह गुहेली भन्ने ठाउँमा बम भेटिएको हो । २ वटा सकेट बम भेटिएको र नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित ठाँउमा लगेर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
रेडियो मालारानी नजिकै रहेको गुफा आसपासमा बम रहेको सुचनाका आधारमा खोज्दा २ वटा सकेट बम भेटिएको र त्यसलाई सुरक्षित स्थानमा लगेर पड्काईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिए ।
प्रहरी नायव निरिक्षक घर्तिका अनुसार भेटिएका सकेट बम अहिलेका नभई, द्वन्दकालमै लुकाएर राखिएको पुरानो बम रहेको अनुसन्धानमा पत्ता लागेको हो । बम पड्काउँदा ठुलो आवाज आएको थियो । खनदह बजार र आसपासका क्षेत्रमा केहीबेर खैलाबैला मच्चिएको थियो
प्रतिक्रिया दिनुहोस