होली खेल्ने क्रममा खुकुरी हानाहान, उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ


चैत ६, काठमाडौं । होली खेल्ने क्रममा काठमाडौंमा खुकुरी हानाहान भएको छ ।

काठमाडौंका नयाँ बानेश्वर क्षेत्रमा होली खेलिरहेका युवाहरुको समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरी हानाहानमा २ जना युवा घाइते भएका जनाइएको छ ।

खुकुरी लागेर दुईजना युवा छत्र भण्डारी र सौगात केसी सामान्य घाइते भएका छन् । होली खेलिरहेका युवाहरुको बीचमा गएर एक युवाले नाङ्गो खुकुरी देखाउ थालेपछि झडप भएको थियो ।

नजिकै रहेको प्रहरीको सक्रियताका कारण घटनाले ठूलो रुप लिएन । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले खुकुरी देखाउने युवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ

प्रहरीले होलीका क्रममा उच्छृङ्ख गतिविधि गर्ने ५० जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।

जबरजस्ती रंग दल्ने, लोला हाल्ने, हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

६ चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको