‘ओलीहरुले शासन गर्दैजादा खुशीभएका पृथ्वीबासीहरुले ‘ओलि पर्व’ मनाउन थाले । कालान्तरमा ओलि पर्व…ओलि पर्व… भन्दाभन्दै अपभ्रंस भएर ‘होलि’ पर्व भनिन थालियो । अब छिट्टै होलि पर्वलाई पुनः ‘ओलि’ पर्वमा कन्भर्ट गरिनेछ। फागु पुर्णिामाको शुभकामना !!
एक सामाजिक संजाल कर्ताले होलि पर्वको उपलक्ष्यमा आफ्नो फेसबुकमा रमाइलो स्टाटस पोष्टिए ।
प्रधानमन्त्री ओलीले मादल भिरेर होलि मनाइ रहेको फोटो संगै सामाजिक संजाल कर्ता अमृत ओलीले व्यंग्यमुलक तर रमाइलो स्टाटस आफ्नो फेसबुकमा हालेका हुन् । केपी ओलीलाइ होलिखेलेर रात्तै भएका आफ्ना कार्यकर्ताहरुले साथ् दिएका छन् ।
अहिले उक्त फोटो ‘ह्याप्पी ओली’को चर्चामा फेसबुकभरि भेटिन्छ । सामाजिक संजाल कर्ताहरुले प्रधानमन्त्री ओलीले होलि मनाइ रहेको फोटोलाई आफ्नो फेसबुकवालमा शेयर गर्दै ‘ह्याप्पी ओली’ भन्दै भाइरल बनाइरहेका छन् ।
बिशेषगरि राजनीतिक बिचारसंग नजिक रहने मानिसहरुले आजको होलि पर्व मनाउने गज्जबको बहाना बनाएका छन्, हाँसी मजाक गरिरहेका छन् ।
सैदान्तिक हिसाबले ओलीसंग भिन्न बिचार राख्नेहरूले उक्त फोटोलाइ मजाक बनाउदै मसलाको रुपमा प्रयोग गरेको देखिन्छ । धेरैले आफुलाइ प्रधानमन्त्री ओलीको कठोर आलोचकको परिदृश्यमा उभ्याएर उक्त फोटो उपभोग गरेको पाइन्छ ।
२०७५ चैत्र ६ बुधवार, -होलि पर्व
प्रतिक्रिया दिनुहोस