चैत्र ६ काठमाण्डौ । पुर्ब प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ उजुरी गर्ने तिलक बहादुर श्रेष्ठलाइ लेखक तथा विश्लेषक दिल निशानी मगरले भुस्याहा कुकुर भनेका छन् ।
अमेरिकामा बस्ने श्रेष्ठलाइ भुस्याहा पाल्तु कुकुर भन्दै प्रचन्डलाई दिएको उनको उजुरीबारे अमेरिकी सरकारले कुनै नोटिस नगर्ने बताएका छन् । अमेरिकाले प्रचण्डलाई उच्च सम्मानका साथ सरकारी अधिकारी र सुरक्षा दिएर राखेको समेत बताएका छन।
दिल निशानीले श्रेष्ठलाइ खेतबारीमा प्रयोग गर्ने गोबरको संज्ञा दिंदै थप भनेका छन्, ‘गोबर खेतबारीमा पर्यो भने मल हुन्छ, दिमागमा पर्यो भने तिलक बहादुर श्रेष्ठ हुन्छ’ ।
अमेरिका भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड विरुद्ध गत आइतबार श्रेष्ठले अमेरिकामा उजुरी हालेका थिए । अमेरिकाको केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै उजुरी हालेका हुन् ।
प्रचण्डबिरुद्ध उजुरी गर्ने श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ ।
उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए । उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए ।
विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस