कारागारका बन्दीहरुमाथी अन्याय नगर्न नेकपाको चेतावनी


फागुन ८, झापा । नेपाल कम्युनिस्ट पार्टीले झापा कारागारका कैदी बन्दीहरु माथि अन्याय नगर्न जेलर प्रशासनलाई चेतावनी दिएको छ ।

नेकपा झापाका सेक्रेटरी सुमनसिंह पौडेलले आज बिज्ञप्ती जारी गरी झापा सदरमुकाम चन्द्रगढी स्थिती कारागारमा रहेका कैदी बन्दीहरुको आन्दोलनमा एकेबद्धता जनाउदै यस्तो चेतावनी दिएको हो ।

कैदी बन्दिले १७ बुंदे माग राखेर आन्दोलन गरेपछी कैदी बन्दिका माग प्रती एकेबद्दता जनाउदै नेपाल कम्युनिस्ट पार्टी झापाले सो चेतावनी दिएको हो ।

सेक्रेटरी पौडेलले जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, कैदी बन्दीहरुले उठाएका जायज मागहरु यथाशिघ्र पूरा गरि भयरहित अवस्थामा कैद भुक्तान गर्ने वातावरण निर्माण गर्न संमबन्धित पक्षलाई अनुरोध गर्दै आफ्ना गलत कृयाकलापको ढाकछोप गर्नकै निम्ति कैदी बन्दि स्थानतरण नगर्न , प्रशासन प्रयोग गरेर कैदी बन्दी माथी दमन नगर्न सचेत गराउंदै बन्दिहरुका जायज माग पूरा गर्न अनुरोध गर्दछौं ।

बन्दिहरुले विभिन्न १७ ओटा बिषय अगाडि सार्दै आफ्ना मागहरु राखेका छन।

२०७५ फाल्गुन ८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको