विप्लवका नेताले भने- ‘अब यो राज्य व्यवस्थालाई जनताले आगो लगाइदिनेछन’


खकेन्द्र केसी/फागुन ८, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन मिलनले अहिलेको राज्य व्यवस्थालाई जनताले छिट्टै आगो लगाइदिने बताएका छन् ।

नेकपाको संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तरगत पश्चिम रुकुमको चौरजहारी नगरपालिका ७ कोटजाहरीमा भएको जनसभालाई सम्बोधन गर्दै नेता पुनले वर्तमान राज्य व्यवस्था धेरै नटिक्ने बताए । उनले अहिलेको राज्य व्यवस्थालाई दलाल र पुजीबादीले भरिएको जाली संसारको संघ्या दिएका छन् ।

उनले भने– “हिजोदेखि नै काँग्रेस, एमाले र राजावादी पार्टी मिलेर बनेको अहिलेको राज्यव्यवस्था अब छिटै जनताले आगो लगाइदिन्छन् ।” आफुहरु यहि व्यवस्थाको अन्य गर्नको लागी त्यसको विरुद्व १० बर्षे युद्व लडेको तर त्यसका कमाण्डर प्रचण्ड–बाबुरामहरु अहिलेको राज्यव्यवस्थामा गएर आत्मसमर्पन गरेको उनले आरोप लगाए ।

प्रचण्ड–बाबुरामले आत्म समर्पन गरेपनि आफुले अधुरो भएको क्रान्तिलाई पुरा गर्ने उनले बताएका छन् । त्यसका लागी गाउँगाउँबाट जनता जागरुक हुनुपर्ने उनले बताए । अहिलेको सरकारले पनि कम्युनिस्टको नाम दिएर कम्युनिस्टको बेजेत गरेको भन्दै उनले असली कम्युनिस्ट आफुहरु भएको बताए ।

जनसभालाई पुर्व बिग्रेट कमाण्डर शिसिरले पनि सम्बोधन गरेका थिए । चौरहजारी नगर सेक्रेटरी डिल्ली शर्माको सभाअध्यक्षतामा भएको कार्यक्रमको संचालन क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम बोहराले गरेका थिए । कार्यक्रममा सिस्ने जनसांस्कृत परिवारले सांगीतक प्रस्तुती राखेको थियो ।

यसैबिच नेकपाले चौरजहारी नगरपालिका ९ मा प्रेम मल्लको सेक्रेटरीमा ७ सदस्यीय वडा कमिटी गठन गरेको छ । यहाँ दिनेश शर्माको संयाजकमा ३ सदस्यीय युवा संगठन, कमला मल्ल संयोजक रहेको ३ सदस्यीय महिला इकाइ कमिटी र राम बहादुर घर्ति संयोजक रहेको डुंगेखानी इकाइ कमटी पनि गठन गरेको नेकपा पश्चिम रुकुमले जनाएको छ ।

त्यस्तै आडबिसकोट नगरपालिका वडा नम्बर ५ मा कबिराम बुढा संयोजक रहेको ७ सदस्यीय किसानको काछिना टोल इकाइ समिती पनि गठन भएको छ । यहाँ सुनिता बुढा संयोजक रहेको ९ सदस्यीय महिलाको वडा कमिटी, खिमा सार्की संयोजक रहेको ५ सदस्यीय महिलाको काछिना टोल इकाइ कमिटी, भिम बहादुर सार्की संयोजक रहेको ५ सदस्यीय काछिना टोल इकाइ कमिटी पनि गठन भएको नेकपाले जनाएको छ ।

उक्त नगरपालिकाको वडा नम्बर ४ महेन्द्र बिष्ट संयोजक रहेको ११ सदस्यीय युवाको वडा कमिटी गठन भएको छ । यहाँ पम्पा विष्ट संयोजक रहेको ५ सदस्यीय महिलाको विष्ट गाउँमा इकाइ कमिटी पनि गठन भएको छ ।

यो वडामा दिपक परियार संयोजक रहेको ९ सदस्यीय युवाको परियार टोल इकाइ कमिटी पनि गठन भएको छ । यहाँ धन बहादुर परियार संयोजक रहेको ५ सदस्य दलित इकाइ कमिटी पनि निर्माण भएको नेकपाले बतायो ।

त्यसैगरी तुल बहादुर विक संयोजक रहेको युवाको आरुखोला इकाइ कमिटी, नन्दी विक संयोजक रहेको ७ सदस्यीय किसानको कोट इकाइ कमिटी पनि वडा नम्बर ४ मा गठन गरेको नेकपा पश्चिम रुकुमले जनाएको छ ।

पश्चिम रुकुममा ४ वटा टीम विभाजन गरेर अभियानलाई तिव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा केन्द्रीय सदस्य मिलन, केन्द्रयीय सदस्य तथा रुकुम इन्चार्ज अटल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खड्का, जिल्ला सचिवालय सदस्य रिक्स, चौरजाहरी नगर इन्चार्ज कपिल, जनमुक्ती सेनाका पुर्व कम्पनी कमाण्डर गुराँस लगाएतको सहभागीता रहेको थियो ।

२०७५ फाल्गुन ८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको